Logo
Logo

‘पिठ्युँमा खोपिएको ट्याटूमा अध्यक्षले सही गर्ने दिन आयो’



झापा । नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विचार र सिद्धान्त नभएको नेता भन्दै उनकै गृहजिल्ला पुगेर कटाक्ष गरेका छन् ।

खेलकुद महासंघ समाजवादी प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार झापाको दमकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमाथि व्यंग्य गर्दै यस्तो बताएका छन् ।

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्ष ओलीले सही गर्ने दिन आएको बताए । ‘विचार र सिद्धान्त सकियो । अब पिठ्युँमा ट्याटू खोपेर अध्यक्षले सही गर्ने दिन आए’ अध्यक्ष नेपालले भने, ‘यस्तै भएर एमाले खत्तम भयो भन्ने लाग्यो । विचार र सिद्धान्तमा च्युत भयो, संस्कार पनि सकियो ।’

अध्यक्ष नेपालले एमालेमा कुनै लोकतन्त्र नभएको पनि जिकिर गरेका छन् । उनले एमाले महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा पनि दिएका छन् ।

‘त्यहाँ लोकतन्त्र छैन्, छलफल परामर्श हुँदैन् । चितवनमा हामीले कुम्भ मेला देख्यौँ । अनि तमासा पनि देख्यौँ । त्यहाँ सामुहिकताको समाप्ति भयो’ उनले भने, ’सूर्य चिन्ह भएकाले वजन छ भन्छन् तर सूर्यमा ग्रहण लागिसकेको छ । अब कलम आएको छ, कलममा शक्ति छ । यसले जनताको आवाज बोक्छ ।’

प्रतिक्रिया दिनुहोस्