Logo
Logo

जेठाजु र देवरबाट कुटिएकी महिलाले पाइनन् न्याय



सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ निवासी अनितादेवी साहको हात भाचिने गरी कुटने जेठाजु र देवरलाई प्रहरीले कारवाही नगरेको गुनासो पीडितले गरेका छन् ।

आफूमाथि संघातिक हमाला हुँदा समेत प्रहरीले न्याय नगरेको उनीहरुले दुखेसो छन् । दोषीलाई कारवाही गर्नुको साटो प्रहरीले मिलापत्र गर्न दबाब दिइरहेको पीडितको भनाइ छ ।

गत कार्तिक २२ गते ४१ वर्षीय अनिता साह उपर जग्गा विवादमा आफनै श्रीमान राधेश्याम साहको भाइहरुले संघातिक हमला गरेको थियो । संघातिक हमला पछि साह गम्भिर घाइते भएकी थिइन् । गम्भिर घाइते साहको विरगंजस्थित इन्डो नेपाल हस्पिटलमा झण्डै १४ दिन उपचार पश्चात घर फर्किएकी छन् ।

तर गम्भिर घाइते साहले हालसम्म न्याय पाउन सकेकी छैनन् । जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिँदा पनि आफुहरुलाई प्रहरीले वास्ता नगरेको पीडित महिलाको श्रीमान राधेश्याम साहले बताए ।

आफ्नै भाइ जग्गा विवादलाई लिएर राधारमन प्रसाद साह, जेठा दाजु राधाकृष्ण साह र भतिजहरु शिवम साह, रंजित साहले संयुक्त रुपमा एक्कासी लौरो, रड, इटाले कुटेर श्रीमतीको हात भाचिदिएको तथा टाउकाकोे फुटाउँदा पनि प्रहरीले कुनै सुनवाई नगरेको पीडित महिलाको श्रीमान् साहले दुखेसो गरे ।

पिडित महिलाका श्रीमान साहका अनुसार पैतृक सम्पती ३० धुर घडेरीमा अदालतले बुवाआमा र ३ दाजु भाइ गरी ५ भागमा भागबान्ड भयो । आमा जसोधा साह र आफू गरी १२ धुर, बुवा रामस्वरुप साह र कान्छो भाइ राधारमण प्रसाद साह गरी १२ धुर र जेठो दाई राधाकृष्ण साहलाई ६ धुर गरी जम्मा ३० धुरको भागबन्डा भएको थियो ।

आफ्नो १२ धुरमा भाइ र दाजुको घरको भाग परेको हुदाँ उक्त घर पंचायत गरी टोडन जादाँ दाजु र भाइका परिवार मिलेर श्रीमती उपर संघातिक हमला गरेको पीडितका श्रीमान साहले बताए ।

यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जग्गा विवादका कारण अनिता साहका तर्फ बाट ४ जना र रंजित साहका तर्फ बाट ५ जना गरी ९ जना घाइते भएका थिए । जसमध्ये अनिता साहको टाउको फुटेको र हात भाचिएको थियो भने अर्को पक्षको तर्फ बाट रंजित साह र राधाकृष्ण साहको टाउको फुटेको बाँकी ६ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटनालाई लिएर प्रहरी गम्भिर रहेको मुदाको प्रक्रियामा गए दुवै पक्षको मुदा दर्ता हुने भएको हुदाँ प्रहरीले दुवै पक्षलाई मिलापत्र गराउन समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्