Logo
Logo
नेपाली कांग्रेसको १४औं महाधिवेशन

शेखरको चुनावी अभियानका दुई सारथि प्रतिनिधिमै पराजित



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका दावेदार डा. शेखर कोइरालाका हर्ताकर्ता मानिने पुरञ्जन आचार्यले आफ्नै गृह जिल्ला मोरङको क्षेत्र नं. २ मा नमिठो हार व्यहोर्नुपर्याे ।

कोइरालाका प्रमुख प्रचारक रहेका पुरञ्जनलाई मोरङ–२ का कांग्रेस कार्यकर्ताले महाधिवेशन प्रतिनिधिमै हराएरका छन् । मोरङबाटै पुरुञ्जन महाधिवेशन प्रतिनिधिमा हारेपछि शेखरको चुनावी अभियानमा धक्का पुगेको छ ।

कांग्रेसको वुद्धिजीवी मानिने पुरञ्जन स्तम्भकारसमेत हुन् । गत साता सम्पन्न मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधिमा पुरञ्जन २०औं नम्वरमा धकेलिए । पुरञ्जनको हारपछि कांग्रेस राजनीतिमा करिवकरिव पूर्णविराम लागेको चर्चा कांग्रेस कार्यकताविच चलेको छ । उनी पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका सल्लाहकार समेत हुन् ।

यस्तै यो महाधिवेशनमा शेखरको सचिवालयमा कार्यरत शोभाकर पराजुलीको अवस्था पनि उस्तै भएको छ । बारा क्षेत्र नम्बर–४ बाट महाधिवेशन प्रतिनिधि उम्मेदवार पराजुलीले जम्मा ७२ मत मात्र प्राप्त गरे । जुन अत्यन्त खराब नतिजा हो । विजयी हुने उम्मेदवारले सरदर २ सय ५० भन्दा बढी मत पाएका थिए । पराजुली कांग्रेसको सचेतक र पार्टी कार्यालयको सचिवसमेत बनिसकेका व्यक्ति हुन् । पराजुलीले आफुलाई विश्लेषक, लेखक तथा पत्रकारका रुपमा चिनाउने गरेका छन् ।

शेखर कोइरालाको सचिवालयका दुई हर्ताकर्ता पुरन्जन र शोभाकरको हारले सभापतिका दावेदार शेखरलाई धक्का पुग्नसक्ने मोरङबाट महाधिवेशन प्रतिनिधि रहेकी एक कांग्रेस नेतृले बताइन् ।

‘नेताको दैलो चहार्ने, चाहिने नचाहिने विश्लेषण सुनाउने र नेताको खुशीका लागि संस्थापन पक्षका नेताहरुको गलत सूचना दिएर भ्रममा पार्ने पराजुली जीको दैनिकी नै हो । अहिलेका सचेत कार्यकर्ताले यस्तो धन्दा के पचाउँथे र ?,’ ति नेतृको टिप्पणी थियो । उनले पुरञ्जन र पराजुली दुबै कार्यकर्ताको उपेक्षा गर्ने स्वभावका रहेको टिप्पणीसमेत गरिन् ।

पुरञ्जन र शोभाकरको पराजयले आफ्नै प्रमुख प्रचारकलाई पनि शेखरले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्न असफल भएको सन्देश दिएको विश्लेषण मोरङकै अर्का तरुण दलका नेताको छ ।

‘पटक्कै जनमत नभएका सुख्खा सारथी समातेर शेखर दाईले धोका पाउनु भयो । अब उनीहरुलाई चुनाबको तालाचाबी दिउँ कार्यकर्ताको विश्वास छैन, नदिउँ आफैं हर्ताकर्ता बनेर दुई तिरबाट शेखर दाइका तिघ्रा समातेर बसेका छन् । कस्तो गाह्रो छ उहाँलाई,’ ति तरुण नेताले भने ।

प्रतिक्रिया दिनुहोस्