Logo
Logo

प्रहरी जवानको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव


13.7k
Shares

काठमाडौं । नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव अघि बढेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले पठाएको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो । उक्त प्रस्तावबारे अर्थ मन्त्रालय, लोक सेवा आयोग लगायत विभिन्न निकायसँग छलफल चलिरहेको रहेको स्रतोको भनाइ छ ।

मन्त्रिपरिषद्ले गत वर्ष २९ पुसमा सैनिक सेवा नियमावली संशोधन गर्दै नेपाली सेनामा फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेर स्वेच्छिक अवकाश लिए निवृत्तभरण पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको थियो ।

तर पेन्सन पाउन २० वर्ष कुर्नुपर्ने सर्त राखिएको थियो । सेनामा यो निर्णय लागू भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि यो निर्णय लागू हुनुपर्ने माग गरिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्