Logo
Logo

अब पनि नसुध्रिए कांग्रेस सकिन्छ : गगन थापा


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अब पनि कांग्रेस पार्टी नसुधिए पार्टी नै सकिने बताएका छन् ।

मंगलबार काठमाडौंमा कसले सुधार्छ कांग्रेस ? नामक पुस्तक बिमोचन गर्दै थापाले कांग्रेसलाई बलियो बनाएर कांग्रेसलाई सुधार्नुपर्ने भन्दै कांग्रेस पार्टी नसुधिए सकिने बताएका हुन् ।

उनले कांग्रेसको अस्थीत्व नभए नागरिकको अधिकार पनि कायम नरहने बताए । थापाले नौ लाख प्रतिनिधिले कांग्रेस बाहेकका व्यक्तिलाई पनि पार्टीमा समावेश गराउन सक्नुपर्ने धारणा राखे । थापाले १४ औं महाधिवेशन नेतृत्व छनोटका लागि मात्रै भएको भन्दै नीति महाधिवेशन पछि मात्रै हुने जिकिर गरे ।

उनले पार्टीसंगको आवद्धता निर्वाचन मात्र हो भन्ने चिन्तनबाट बाहिर निस्कनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्