Logo
Logo

प्रदेश २ कृषि विश्वविद्यालयको उपकुलपतिमा महतो नियुक्त



धनुषा । प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा वैद्यनाथ महतोलाई नियुक्त गरेको छ ।

सहकुलपति तथा सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपतिसमेत रहका मुख्यमन्त्री लालबाबु राउतले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा महतोलाई नियुक्त गरेका हुन् ।

कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनको सुरुआतको सिलसिलामा प्रदेश २ का नीति तथा योजना आयोगका पूर्वसदस्यसमेत रहनुभएका सिरहाको मिर्चैया नगरपालिका–२ निवासी डा महतोलाई उपकुलपतिमा नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्