Logo
Logo

सभापतिको उम्मेदवारमा सहमति खोज्न पौडेल समूहको बैठक बस्दै


1.1k
Shares

काठमाडौं । १४औं महाधिवेशन नजिकिएसँगै नेपाली कांग्रेसमा नेतृत्वको सवाल पेचिलो बन्दै गएकाएको छ । सभापतिका आकाँक्षीबच छलफलले तीव्रता पाएको छ ।

यसै क्रममा, सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ ।

आज बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफूनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति, सात वटै प्रदेशका अध्यक्षका उम्मेदवार र क्षेत्रीय सभापतिहरुसँग सभापतिका उम्मेदवारबारे नेता पौडेलले सुझाव लिने कार्यक्रम रहेको छ । उनीहरुले दिने सुझावकै आधारमा आगामी उम्मेदवारीबारे निर्णय गर्ने पौडेलको योजना रहेको छ ।

पौडेल समूहबाट सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको दाबी छ । महामन्त्री डा. शशांक कोइरालाले सहमतिका लागि आफू सभापतिको दौडबाट बाहिरिएको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्