Logo
Logo

भारतीय रक्षा प्रमुख चढेको हेलिकोप्टर दुर्घटना



काठमाडौं । भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त हेलिकोप्टरमा रावतसहित उनको परिवार पनि सवार भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ ।

भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ । रावतलाई गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ । उनको स्थितिबारे थप जानकारी दिइएको छैन । 

दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन । आजतक टेलिभिजनका अनुसार एमआई सिरिजको उक्त हेलिकोप्टरमा रावतसहित १४ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्