Logo
Logo

घुससहित रंगेहात समातिए प्रहरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ जेठ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४१ गुल्म हे.क्वा (औधोगिक सुरक्षा), बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र के.सी. घुससहित पक्राउ परेका छन् ।

सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी के.सी लाई सेवाग्राहीसँग लिएको १० हजार घुससहित अख्तियारको टोलीले आइतबार दिपनगर स्थित बुटवल टपटेन म.म.एण्ड खाजाघरबाट नियन्त्रणमा लिएको हो । जसमा माथिल्ला हाकिमको समेत मिलेमतो हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्