Logo
Logo

कांग्रेसको महाधिवेशन उद्घाटनमा को को आए ?



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहमा नेताहरु पुग्नेक्रम जारी छ । यसैक्रममा सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन् ।

यस्तै, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु महाधिवेशनस्थल पुगेका छन् ।

हाधिवेशनस्थलमा प्रमुख प्रतिपतक्षी दल नेकपा एमालेबाट भने अहिलेसम्म कोही आइपुगेको छैन । महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्तिममा पुगे ।

प्रतिक्रिया दिनुहोस्