Logo
Logo

एउटा मुटु नै कमाउने हत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गत साता ललितपुरमा भएको एक हत्या घटनाको यतिबेला सर्वत्र चर्चा छ । म्यूजिक कम्पोजर रहेका एक युवकले क्रुर तरिकाले आफ्नै भाई–बुहारीको घरभित्रै हत्या गरे । सोही विषयले अहिले यूट्युबको ट्रेन्डिङ भरिएको छ भने घर–घरमा यसकै चर्चा हुने गरेको छ ।

संगित कम्पोज गर्ने तथा गीत रेकर्ड गर्ने उज्वल महतले खुकुरीले छिया छिया बनाएर भाई बुहारी अञ्जना महत लामाको हत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त चापागाउँले उज्वललाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ, तर हत्याको प्रष्ट कारण अझै खुलिसकेको छैन । उज्वल ‘सुन साइँली’ बोलको चर्चित गीतका रेकर्डिस्ट हुन् ।

उज्वलले बुहारी अञ्जनालाई खुकुरीले छिया छिया बनाए । हत्यापछि उनले उनले आमालाई भने,‘मैले त्यसलाई मारिदिए, पुलिस बोलाउनुस् ।’ पुलिस पुग्दा उनी घरमै थिए । प्रहरीले उनलाई हत्कडी लगायो भने अञ्जनालाई अस्पताल पु¥यायो । तर, अस्पताल पुग्दा उनले संसार छाडिसकेकी थिइन् ।

हेटौंडा माइती भएकी अञ्जना लामाको ललितपुरका प्रज्वल महतसँग सात वर्षअघि विवाह भएको थियो । उनीहरुबीच अन्र्तजातिय विवाह भएपनि परिवारमा त्यसको कुनै समस्या थिएन । अन्र्तजातिय विवाह गर्दा दाईले नै आफूलाई सहयोग गरेको उज्वल बताउँछन् ।

प्रज्वल एक ठूलो रेस्टुरेन्टमा काम गर्दथे । अञ्जना, दाजु उज्वल, भाउजु र आमा–बुबा ललितपुरकोे ढोलाहिटीस्थित घरमा सगोलमै बस्थे । सामान्य घर झगडा सबै जसो परिवारमा हुन्छ । महत परिवारमा पनि त्यस्तै सामान्य विवाद कहिलेकाँही हुने गरेको थियो ।

तर, प्रज्वल र अञ्जना क्यानाडा जाने तयारी सुरु भएपछि परिवारभित्र विवाद बढ्यो । तर, त्यो विवाद बाहिर देखिएको भने थिएन । केही महिनाअघिदेखि उज्वलको कानमा समस्या देखियो । उनलाई गितारमा सुर भर्न र सुर भरेका गीतलाई अन्तिम रुप दिन गाह्रो हुन थाल्यो । ‘म कानको उपचार गराइरहेको छु,’ उज्वलले २२ बैशाखमा आफ्नो फेसबुकमा लेखेका छन्,‘मैले संगीतकर्म सधैँका लागि छाडेँ ।’

उनको त्यो फेसबुक स्टाटसलाई धेरैले अनौठो माने । किनकी त्यसरी संगितकर्म नै छाड्नुपर्ने गरी उनको कानमा कुनै समस्या भएको थिएन । कतिपयले उनमा मानसिक समस्या रहेको हुनसक्ने आँकलन गरे । त्यसको दुई दिनपछि यस्तो घटना भयो जसले सबैलाई स्तब्ध बनायो । उज्वलले बुहारी अञ्जनालाई खुकुरीले छिया छिया बनाए । हत्यापछि उनले उनले आमालाई भने,‘मैले त्यसलाई मारिदिए, पुलिस बोलाउनुस् ।’ पुलिस पुग्दा उनी घरमै थिए । प्रहरीले उनलाई हत्कडी लगायो भने अञ्जनालाई अस्पताल पु¥यायो । तर, अस्पताल पुग्दा उनले संसार छाडिसकेकी थिइन् ।

साइको किलर ?

प्रज्वल र अञ्जना फरासिलो स्वभावका थिए । तर, उज्वल त्यसविपरीत निकै कम बोल्ने स्वभावका व्यक्ति हुन् । कतिपयले उनलाई ‘साइको’ समेत भन्ने गर्दथे ।

चापागाउँ प्रहरी वृत्तले सरकारी वकिलको रोहवरमा उज्वलको बयान सुरु गरकेो छ । आफूलाई बुहारी अञ्जनाको रहनसहन, घर परिवारसँगको व्यवहार र आनीबानी चित्त नबुझेकाले हत्या गरेको बताएका छन् । हत्यामा ठोस कारणको खोजी प्रहरीले गरिरहेको छ । भाई प्रज्वल र बुवा बाहिर भएको मौका पारेर बुहारी अञ्जनाको हत्या भएको थियो । जसकारण घटना योजनाबद्ध भएको आशंका गरिएको छ ।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीले उनले दिएको प्रारम्भीक बयानसँगै अर्काे कोण समेत अनुसन्धान गरिरहेको छ। उसले हत्याको कारण हुनसक्ने बलियो आधार घर धितो राख्ने बिषय समेत बताइएको छ । मृत्तक अञ्जना र प्रज्वल स्थायी बसोबासका लागि क्यानाडा जाने तयारीमा थिए । यसका लागि सगोलको घर धितो राख्ने भन्ने बिषयमा परिवारमा विवाद थियो । प्रज्वल भन्छन्‘त्यही विषयलाई लिएर पनि उसलाई रिस उठेको हुनसक्छ ।’

अनुसन्धान अधिकारीहरुका अनुसार घर धितो राख्ने र बेच्ने बिषयले केही समयदेखि ढोलाहिटीको महत परिवारमा विवाद हुँदै आएको थियो । काम छाडेपछि उज्वल धेरै समय घरमै बस्दथे । कोठाभित्रै एक्लै बस्ने उनी सधैं तनावमा देखिन्थे । परिवारसँग कुनै विषयमा छलफल पनि गर्दैन थिए । साथीभाईसँग पनि उनको भेटभाट घट्दै गएको थियो । ‘हत्याको कारण पारिवारिक हो जस्तो देखिन्छ’ महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख राजकुमार खिउजु भन्छन् ‘बयान र परिक्षण रिपोर्टहरुबाट थप विवरण खुल्ने छ ।’

मृत्तक अञ्जना मोडल पनि हुन् । उनको सुन्दरताका कारण कतिपयले हत्याका पछाडि शारीरिक सम्बन्ध, जबर्जस्ती करणी र शारीरिक आकर्षण पनि हत्याको कारण हुनसक्ने आशंका समेत गरिएको छ । ‘हत्याको कारण अहिलेसम्म पारिवारिक नै भन्ने खुलेको छ, अनुसन्धानबाट पनि त्यही देखिएको छ,’ डिएसपी खिउजुले भने, ‘हामीले मृत्तकको ‘भेजाईनल स्वाब’ समेत परिक्षणका लागि पठाएका छौँ।’ त्यसबाट अञ्जनामाथि बलात्कार भए नभएको खुल्ने छ ।

अञ्जना को हत्या भएको घटनास्थलका तस्वीरसमेत हेर्दा उनको हत्यामा उज्वलको क्रुरता कतिसम्म रहेछ भन्ने देखिन्छ । प्रहरीले घटनास्थलमा कुनै भीडन्त वा त्यस्तो कुनै संकेत भेटेको छैन ।

‘घटनास्थलको अध्ययन गर्दा कुनै घटनाका कारण रिसमा आएर एक्कासी खुकुरी प्रहार गरेको देखिन्न’ ती अनुसन्धान अधिकारीले भने ‘मृत्तक ढलेपछि पटक–पटक घाँटीमा खुकुरी प्रहार भएको छ ।’

 

दाई घुसघुसे स्वभावको थियो- प्रज्वल महत, मृतकका श्रीमान

सोच्नै नसक्ने घटना भएको छ । कतिसम्म रिस जम्मा गरेर बसेको रहेछ । के कुरामा रिस उठेको थियो, त्यो अझै हामीलाई थाहा छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ, सायद प्रहरीले जानकारी दिने छ ।

दाईको मानसिक सन्तुलन बिग्रिएको हो भने पनि यस्तो अवस्थामा जानु नपर्ने हो । हत्या गरेको देख्दादेखि उसले पहिलेदेखिकै रिस जम्मा गरेर राखेको देखिन्छ । उ अलि घुसघुसे टाइपको मान्छे हो । धेरै नबोल्ने, त्यति घुलमिल पनि नहुने । उसले कति रिस भित्र जम्मा गरेर राखेको थियो । त्यो रिस चाँही उसले त्यो दिन पोख्यो । उ अपराधी भइसक्यो, उसलाई कडा भन्दा कडा सजाय दिनुपर्छ । कामको विषयमा तनाव भएको कुरा ममी ड्याडीसँग गरेको रहेछ, हामीसँग त शेयर गरेको पनि थिएन । हामीसँग केही पनि कुरा शेयर नगर्ने बानी थियो ।

हो हामी क्यानाडा जाने तयारीमा थियौं । उहाँहरुलाई रिस डाहा भएको पनि हुनसक्छ । तर हामी सहमतिमै जान लागेका थियौँ । हाम्रो परिवारमा मेलमिलाप नै थियो । भित्री भित्री रुपमा के थियो, त्यो त हामीलाई थाहा भएन । हाम्रो तर्फ राम्रै थियो,राम्रो नै गरिरहेका थियौं । हाम्रो अन्तर्जातिय विवाह गर्दा पनि दाईले नै मलाई धेरै सपोर्ट गरेको थियो । तर, किन किन दाई यत्तिको हदसम्म पुग्यो, मैले पनि बुझ्न सकेको छैन । सायद प्रहरीले केही पत्ता लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्