Logo
Logo

फेसबुकबाट यौन प्रस्ताव राख्ने पक्राउ


- दृष्टि न्युज/संवाददाता


पर्वत, ७ जेठ ।
फेसबुक मेसेन्जरमा अश्लील भिडियो तथा फोटो पठाएर यातना दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका– ६ बस्ने सुरेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।


एक महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले मेसेन्जरबाटै युवतीसँग यौन प्रस्ताव राखेका थिए । पक्राउ परेका नेपालीलाई पर्वत प्रहरीले काठकमाडौं प्रहरीमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्