Logo
Logo

वीर अस्पतालबाट भागे बलात्कार मुद्दाका अभियुक्त,प्रहरीहरु छानबिनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ जेठ ।
बलात्कार मुद्दाका एक अभियुक्त वीर अस्पतालबाट मंगलबार बेलुका भागेका छन् । स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएकोमा प्रहरीलाई छक्याएर पदम श्रेष्ठ भागेका हुन् ।


एक किशोरीलाई होटलमा लगेर सम्बन्ध राखेको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । सहमतिमै सम्बन्ध राखेको भएपनि युवती नाबालिका भएकाले उनी पक्राउ परेका हुन् ।
फरार रहेका श्रेष्ठलाई खोज्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले बताए ।
उनलाई अस्पताल लिएर गएका प्रहरीलाई नियन्त्रणमा लिएर छानबिन समेत अघि बढाइएको छ । ती प्रहरी निलम्बनमा पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्