Logo
Logo

एमालेको उद्योग विभाग प्रमुखमा मोतीलाल दुगड र उपप्रमुख दुर्गा प्रसाइँ



काठमाडौं । नेकपा एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखको जिम्मेवारी मोतीलाल दुगडलाई दिएको छ । एमाले केन्द्रीय कमिटी बैठकले व्यवसायी दुगडलाई विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुगड विशेष आर्थिक सल्लाहकार भएका काम गरेका थिए । १२ असोज २०७१ मा एमाले प्रवेश गरेका दुगडलाई ओलीले ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीसमेत बनाएका थिए ।

विभागको उपप्रमुखमा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले जिम्मेवारी पाएका छन् । कुनै वेला माओवादी केन्द्र निकट प्रसाईं ७ कात्तिक २०७८ मा एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्