Logo
Logo

व्यापारीलाई धम्काउने युवती प्रेमीसहित पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० जेठ ।
एक व्यवसायीलाई धम्काएर पाँच लाख माग्ने युवती र उनका प्रेमी पक्राउ परेका छन् । कैलालीको टिकापुर घर भएकी रुबी ठाकुर र उनका प्रेमी लोकेन्द्रबहादुर शाहीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।


उनीहरुले सिन्धुपाल्चोक, सुनकोशी गाँउ पालिका वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.१० बुद्धनगर बस्ने बर्ष ४२ को सिताराम कार्किलाई धम्काएर पाँच लाख मागेका थिए । रकम नदिए छोरालाई अपहरण गरी गोलि हानी मारी दिन्छु भनी धम्की दिएपछि कार्कीले प्रहरीमा उजुरी दिएका थिए । धम्कीमा प्रयोग भएको सिमसहित उनीहरुलाई गौशलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्