Logo
Logo

मुद्दालाई बलियो बनाउन नेपाल प्रहरीले सुरु गर्याे सरकारी वकिलसँग छलफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० जेठ ।
अभियोजनलाई बलियो बनाउन नेपाल प्रहरीले सरकारी वकिलसँग छलफल सुरु गरकेो छ ।
प्रदेश नं १ र प्रदेश नं २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको सहभागिता रहने गरि “दोस्रो प्रादेशिक सम्मेलन” शुक्रबारबाट धनुषा जिल्लाको जनकपुरधाममा शुरु भएको छ ।

यही जेठ १० र ११ गते गरि दुई दिनसम्म संचालन हुने उक्त सम्मेलनको उद्घाटन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका छन् । लामो समय देखि पेण्डिङ्ग रहेको मुद्दाहरुको अनुसन्धानलाई तिव्रता दिनुपर्ने साथै सरकारी वकिलहरुको कानुनी विज्ञता र मेडिको लिगल अफिसर (चिकित्सक) हरुको विषयगत दक्षता सफल अनुसन्धानको महत्वपुर्ण पक्ष भएकोले अनुसन्धानकर्ता प्रहरीहरुले सो को उचित प्रयोग गर्नुपर्नेमा महानिरीक्षक खनालको जोड थियो ।
खासगरी गत भदौमा मुलुकी अपराध संहिता लागू भएपछिको अवस्थामा केन्द्रीत भएर यो सम्मेलन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्