Logo
Logo

एमाले जिल्ला सदस्य परित्याग गर्दै तरकप्रसाद एकीकृत समाजवादीमा प्रवेश



कलैया । नेकपा एमाले बारा जिल्ला कमिटीका सदस्य तरकप्रसाद चिमरिया नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एमालेको सदस्यता तथा सम्पुर्ण जिम्मेवारी परित्याग गर्दै उनले एकीकृत समाजवादीमा प्रवेश गरेको एक बिज्ञप्ती जारी गर्दै जनाएका छन् ।

एकीकृत समाजवादी बाराका प्रवक्ता रमेश सुवेदीले अहिले एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको बताए । गाउँ–गाउँबाट एमाले परित्याग गर्दै एकीकृत समाजवादीमा नेताहरु आबद्ध भईरहेको उनले बताए ।

पार्टीको वडादेखी टोलहरुसम्म कमिटी गठन, विस्तार, प्रशिक्षण लगायतका कार्यक्रम चलिरहेको उनले बताए । सोही क्रममा एमाले सहित बिभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा नेताहरु प्रवेश गरिहेको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्