Logo
Logo

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता



काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको छ । आज (मंगलबार) राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा दुई पार्टीबीच एकताको घोषणा भएको हो ।

एकता घाेषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित छन् । नेकपा जनवादी २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो । यसको नेतृत्वमा देवेन्द्रसिंह महता थिए ।

एकता समारोहमा दुवै पार्टीका शीर्ष तहका नेताहरु सहभागी थिए। पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा जनवादीका अध्यक्ष देवेन्द्र सिंह महता सहितका नेताहरुलाई अबिर लगाएर स्वागत गरेका थिए।

साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए । आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए । एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो । नयाँ दल दर्ता गरेको पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्