Logo
Logo

आयात निर्यात सहज बनाउन चीनसँग मन्त्री रेग्मीको आग्रह



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गरेका छन् ।

चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो रहेको भन्दै मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गरेका हुन् ।

फाउन्डेसन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले चीनबाट भूकम्प, कोभिड जस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा गरे । ‘दुःख पर्याे भने हेर्ने छिमेकीले हो । नाकाबन्दीको बेला नेपालले चीनबाट सहयोग पाएको छ ।’

यनले कोभिडको समयमा खोप प्रदान गरेर चीनले नेपाललाई गुण लगाएको बताउँदै अहिले पनि चीनबाट खोप आइरहेको उल्लेख गरे ।
छिमेकी देशहरुबीच सहयोगको अपेक्षा हुने बताउँदै मन्त्री रेग्मीले सीमा नाकाबाट सहजरुपमा सामान भित्रन पाउनुपर्ने धारणा राखे ।

गरिबी निवारणसम्बन्धी नेपालमा रहेको चाइनिज फाउन्डेसनले गरेको कार्यक्रममा मन्त्री रेग्मीले फाउन्डेसनलाई परेको समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिवद्धतासमेत जनाए ।

प्रतिक्रिया दिनुहोस्