Logo
Logo

जाडोमा आगो, हिटर बाल्दा कस्तो सावधानी अपनाउने ?



काठमाडौं । मुलुकभर चिसो बढिरहेको छ। मध्य पुसको जाडोले सताइरहेका बेला एक्कासी वर्षासँगै हिमपात भएपछि दैनिकी जीवन प्रभावित भएको छ। मंगलबार रातीदेखि परेको वर्षा र हिमपातले जनजीवन कष्टर बनाएको छ। उच्च पहाडि र हिमाली भेगमा बाक्लो हिमपात परिरहेको छ।

काठमाडौं उपत्यका आसपास क्षेत्रमा पनि हिउँ परेको छ। रातीदेखि सुरु भएको वर्षा अझैं रोकिएको छैन।

यस्तो बेलामा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ। सही हेरविचार पुर्‍याउन सकिएन भने बिरामी पर्ने संभावना रहन्छ। चिसोबाट बच्न तातो र झोलिलो खाना खाने, न्यानो लुगा लगाउने, सुत्ने कोठालाई तातो बनाउन विज्ञहरुले सुझाव दिएका छन्।

चिसोबाट बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित हुने गर्छन्। त्यसैले उनीहरुको विशेष हेरचाह गर्नुपर्छ। चिसोबाट बच्न अधिकांश मानिसले आगो ताप्ने, हिटर वा कोइला बाल्ने गर्छन्। यिनीहरुको प्रयोग गर्दा सावधानी अपनाउन भने बिर्सनु हुँदैन। सानो लापरवाहीले ज्‍यान जान समेत बेर लाग्दैन। त्यसैले यस्ता जाडोका सहयोगी तर उपयोग गर्न नजान्दा ज्यानै लिने उपकरणको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ।

आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै राख्नु् हुँदैन। आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाइदिनुपर्छ। जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका उपायहरु गरिएपनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् ।

कसरी सावधानी अपनाउने ?

-हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्छ ।

-कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं ।

-आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं ।

-आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं ।

-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।

-गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौं ।

-गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं ।

प्रतिक्रिया दिनुहोस्