Logo
Logo

काठमाडौंमा फ्लाट र कोठा खोजिदिने भन्दै फेसबुकबाट ठगी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ जेठ
काठमाडौंमा फ्लाट र कोठा खोजिदिने भन्दै ठगी गर्ने युवक पक्राउ परेका छन् । भोजपुरका रामचन्द्र भट्टराईलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
उनले विभिन्न ठाउँमा फ्लाट तथा कोठा खाली छ भनी फेसबुकमा प्रचार गर्दथे ।

ती फ्लाट हेर्नुअघि नै एडभान्स भनेर इसेवा तथा वालेटमार्फत पैसा जम्मा गर्न लगाउँथे । प्रतिव्यक्ति एक हजार पाँच सयदेखि चार हजार रुपैयाँसम्म लिएर उनले ठगी गरेको प्रहरीले जनाएको छ ।
दुई सय ५० भन्दा धेरै व्यक्तिलाई उनले ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्