Logo
Logo

जागरण परिषदका संयोजकसहित ८४७ जना एकीकृत समाजवादीमा समाहित



काठमाडौं । राष्ट्रिय जागरण परिषद नेपालका संयोजक साध्यबहादुर भण्डारीसहित परिषदबाट ८४७ जना नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।

शुक्रबार एक समारोहबीच भण्डारीसँगै उपाध्यक्ष भीमकुमारी गुरुङ, महासचिव हेमनाथ सेढाई, सचिव दुर्गानन्द चौधरी, गोकर्ण तामाङ, अर्जुन थापा, गोकुल थापालगायतका ८४७ जना नेता एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

एकीकृत समाजवादीमा भण्डारीलाई स्थायी कमिटी, हेमनाथ सेढाई र दुर्गानन्द चौधरी र गोकुल थापालाई केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिएको छ । यस्तै गुरुङलाई महिला सचिवालय सदस्यको जिम्मेवार दिएको छ ।

राष्ट्रिय जागरण परिषदबाट एकीकृत समाजवादी आएर जिम्मेवारी पाउने नेताहरु केन्द्रीय सदस्यमा ९ जना छन् भने ५१ जनाले विभिन्न जिम्मेवारी पाएका छन् । परिषदले ४३ जिल्लाका कार्यकर्ताको सूची समाजवादीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्