Logo
Logo

लिम्पियाधुरा र कालापानीलाई प्रतिवेदनमा समेटिने छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना राजनीतिक प्रतिवेदनमा लिम्पियाधुरा कालापानीलगायतका क्षेत्रलाई समेट्ने बताएका छन् ।

माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न र जिज्ञासाको शुक्रबार जवाफ दिँदै उनले लिपुलेक लिम्पियाधुरा कालापानीलगायतका क्षेत्रलाई प्रतिवेदनमा समेट्न छुटैको भन्दै त्यसलाई समावेश गर्ने बताए ।

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष प्रचण्डले सोमबार पेस गरेको प्रतिवेदनमाथि २५ समूहमा भएको छलफलपछि टोली नेताहरुले दुई दिन लगाएर निष्कर्ष सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्