Logo
Logo

फोनिजको सातौं संघीय महाधिवेशन चितवनमा हुने


4.5k
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाविधेशन चितवनको सौरहामा हुने भएको छ ।

आज काठमाडौंको अनामनगरस्थित संघीय कार्यालयमा सम्पन्न संघीय सचिवालयको बैठकले सातौं संघीय महाधिवेशन चितवनको सौरहामा सम्पन्न गर्ने निर्णय गरेको अधयक्ष डण्ड गुरुङले जानकारी दिए । फोनिजले यसअघि नै माघ ७ र ८ गते सातौं संघीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

फोनिजले यसपटक महाधिवेशन अगाडि नै विभिन्न प्रतिवेदन तथा प्रस्तावहरुमा छलफल गर्ने भएको छ । यसै क्रममा फोनिजले पुस २९ गते संघीय महाधिवेशन प्रतिनिधिहरुसँग भर्चुअल माध्यममा महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेशन र प्रस्तावहरुमा छलफल गर्ने भएको छ ।

फोनिजले मंसिर २५ गते सबै जिल्ला शाखाहरुको अधिवेशनका लागि मिति तोकोको थियो । हालसम्म ५१ जिल्लामा अधिवेशन सम्पन्न भएको भएको महासचिव मनोज घर्तीमगरले जानकारी दिए ।

प्राविधिक कारण अधिवेशन सम्पन्न गर्न बाँकी रहेका जिल्लाहरुलाई पुस २१ गतेभित्र सम्पन्न गर्न दिर्नेशन दिने बैठकले निर्णय गरेको महासचिव घर्तीमगरले बताए ।

पूर्वनिर्धारित तालिकाअनुसार फोनिजको सातै प्रदेशमा पुस २४ गते प्रादेशिक महाधिवेशन सम्पन्न हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्