Logo
Logo

वीरगञ्जमा अपहरणपछि बालकको हत्या, दुई अपहरणकारीलाई प्रहरीको गोली


- दृष्टि न्युज/संवाददाता


वीरगञ्ज १५ जेठ । वीरगञ्जमा अपहरणकारीले बालकको अपहरणपछि हत्या गरेका छन् । गत शुक्रबार वीरगञ्ज वडा नं. ३ छपकैयाबाट बेपत्ता भएका बालकको शव गएराति फेला परेको छ । स्थानीय शम्भु साहको ८ वर्षीय छोरा करणको अपहरणपछि हत्या भएके हो ।


करणको शव बाराको कलैया वडा नं. २५ मा गाडिएको अवस्थामा फेला परेको पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकालले बताए । शव गाडिएको स्थान देखाएर भाग्न खोज्ने दुइजनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । एसपी ढकालका अनुसार भारत घर भएका विकास शर्मा र बारा कलैयाका सिकेन्द्र साह पक्राउ परेका हुन् । उनीहरु दुवै अन्दाजी २५ वर्ष उमेरका छन् । उनीहरुले नै अपहरण गरेर फिरौती मागेको प्रहरीले जनाएको छ ।
एसपी ढकालका अनुसार पक्राउ परेका दुइजना सहितको समूहले बालकको अपरहण गरेको र ३० लाख रुपैयाँ फिरौतीसमेत मागेको खुलेको छ । प्रारम्भिक अनुसन्धानमा ५ लाखमा सहमति भए पनि सो रकम नदिएकाले बालकको हत्या गरिएको एसपी ढकालको भनाइ छ । उनले भने, ‘पक्राउ परेका शर्मा छिमेकमा डेरा लिएर बस्दा रहेछन् । व्यक्तिगत रिसइबीका कारण बालकको अपहरण भएको देखिन्छ । थप अनुसन्धान गरिरहेका छौँ एसपी ढकाले भने ।’

प्रतिक्रिया दिनुहोस्