Logo
Logo

कांग्रेस नेतालाई धम्काएको आरोपमा एसपी पाण्डे निलम्बन



काठमाडौं । सिरहाका कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवलाई धम्की दिएका आरोप लागेका एसपी हीराबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको छ ।

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार प्रहरी प्रधान कार्यालयले मंगलबार विवादित एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

६ महिनाअघि मात्र सिरहा प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसपी पाण्डेलाई केही दिनअघि प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर सरुवा गरेको थियो । यसको दोष कांग्रेसका सिरहा जिल्ला सभापति यादवलाई लगाउँदै एसपी पाण्डेले घरमै गएर गोली हानेर मार्ने धम्की दिएका थिए । तर, यसको पुष्टि भने भएको छैन । यसबारेमा अनुसन्धान भइरहेको रहेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

एसपी पाण्डेले भने आफूले कानुनबमोजिम काम गर्दा विवाद झिकिएको दाबी गरेका छन् । एसपी पाण्डे यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि विवादमा परेका थिए । उनलाई राउतले जनकारबाही गर्ने धम्कीसमेत दिएका थिए । सिरहा प्रहरी प्रमुखको जिम्मेवारी भने एसपी अर्जुन तिमल्सिनालाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्