Logo
Logo

प्रधानमन्त्री देउवा र बिमस्टेकका महासचिव लेक्फिलबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फिलबीच भेटवार्ता भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा बिमस्टेक सदस्यको रुपमा नेपालले आगामी कोलम्बो सम्मेलनमा खेल्नुपर्ने भूमिकाबारे चर्चा भएको जनाइएको छ । आजै महासचिव लेक्फिलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्दैछन् ।

महासचिव लेक्फिलले मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र सार्क महासचिवलाई पनि काठमाडौंमा भेटवार्ता गरेका थिए । मंगलबार नै उनले ऊर्जामन्त्री पम्फा भुषाल, पर्यटनमन्त्री प्रेमबहादुर आले, परराष्ट्र सचिव भरतराज पौड्याल र वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्