Logo
Logo

लिंकन स्कुलप्रति स्थानीयको विरोध



काठमाडौं । कालिमाटी रविभवनस्थित लिंकन स्कुलले सार्वजनिक जग्गा मिचेर पर्खाल लगाएपछि स्थानीयले विरोध जनाएका छन् ।

स्थानीयवासीका अनुसार स्कुल अगाडिको सार्वजनिक जग्गामा स्कुलले कम्पाउण्ड वाल लगाएपछि स्थानीयले उक्त कार्य रोक्न वडा नं. १४ कार्यालयमा निवेदन दिएका छन् ।

वडा कार्यालयले तीन दिन काम रोक्न स्कुललाई पत्र पठाएको छ । स्थानीयवासीका अनुसार २०७१ चैत २६ गते नापी कार्यालय कलंकीको नक्सामा उक्त जग्गा सार्वजनिक भनेर देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्