Logo
Logo

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ । बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

गत आइतबार डाकिएको बैठक पनि सूचना टाँसेर स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो । तर, अघिल्लो दिन बुधबार विशेष कारण देखाउँदै बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरत गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । उनका अनुसार अब प्रतिनिधिसभाको बैठक २८ पुस बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्