Logo
Logo

केही दिनमै सिन्धुपाल्चोक एमालेमा पहिरो जाँदैछ : अध्यक्ष नेपाल



काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–२ बाट नेकपा एमालेको सिँगो वडा कमिटी नै एकीकृत समाजवादीमा समाहित भएको छ ।
वडा कमिटी सचिव सुमन लामासहित कमिटीका ८ जना सदस्यलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरेका छन् ।

उक्त अवसरमा पार्टी अध्यक्षले भने, ‘एमालेमा रहनुभएका साथीहरू अन्याय र अत्याचारबाट आजित हुनुभएको छ, त्यहाँ उकुसमुकुस भएर विद्रोह गर्ने लहर शुरु भएको छ ।’

उनले अहिले एमालेमा विद्रोहको लहर चलेर ठाउँ ठाउँबाट एमालेमा पहिरो गइरहेको बताए । केही दिनमै सिन्धुपाल्चोक एमालेमा समेत ठूलो पहिरो जाने अध्यक्ष नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्