Logo
Logo

उत्तर कोरियाद्वारा समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार


एजेन्सी


सोल । उत्तर कोरियाले बुधबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानले जनाएको छ ।

प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको छ । उत्तरले कोरियाले प्रायद्वीपको पूर्वी समुद्रतर्फ स्थानीय समयाअनुसार मङ्गलबार बिहान ८ः१० बजे ‘ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाइएको छ ।

एक आपतकालीन बैठकपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले यस मिसाइल परिक्षणको चिन्ता व्यक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसलाई सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण को रूपमा वर्णन गरे पनि उत्तर कोरियाले गरेको लगातार क्षेप्यास्त्र प्रक्षेपण साँच्चै खेदजनक भएको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् ।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई अहिलेसम्म जापानी विमान र जहाजहरूमा क्षति पुगेको कुनै समाचार नआएको बताए । यो प्रक्षेपण गत हप्ता किमको भाषणपछि भएको थियो जसमा उनले उत्तर कोरियाले आफ्नो सैन्य क्षमताको निर्माण जारी राख्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्