Logo
Logo

अखिल क्रान्तिकारी मोरङद्वारा नोबेलका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता


567
Shares

विराटनगर । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले नोबेल मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्र घिमिरेले विज्ञप्ति जारी गर्दै नोबेल मेडिकल कलेजले लिइरहेको अतिरिक्त शुल्क असुली र ज्यादतीप्रति घोर आपत्ती समेत जनाएको छ ।

‘हाम्रो संगठन नोबेल कलेजमा अध्यनरत विद्यार्थीहरुले गरेको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै हामी यो आन्दोलनको साथमा रहेको जानकारी गराउँदछौँं’ घिमिरेले भनेका छन्, ‘नोबेल मेडिकल कलेजले छिटोभन्दा छिटो विद्यार्थीको माग पूरा गरोस्, यदि त्यसो नभए अखिल क्रान्तिकारी मोरङ जिल्लाले अर्को कदम चाल्ने जानकारी गराउँदछौँ ।’

घिमिरेले जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षाका विद्यार्थीले जायज मागहरु गर्दै विश्वविद्यालयले तोकेको शुल्क लिइ चाँडोभन्दा चाँडो सहज वातावरणमा भर्ना र पठनपाठन गराउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्