Logo
Logo

भारतमा फेरि बढ्न थाल्यो कोराना, एकैदिन एक लाख १७ हजार बढी संक्रमित



नयाँदिल्ली । भारतमा पछिल्ले २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजारभन्दा बढी संक्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार संक्रमित भएका छन् ।

हाल यहाँ तीन हजार ७ जना ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार १९९ जना भने कोरोना मुक्त भएका जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको संख््या तीन लाख ७१ हजार ३६३ रहेका छन् ।

गएको २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ७१ हजार ८४५ जना कोरोना संक्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९७.५७ प्रतिशत रहेको जनाइएको छ ।

सोही अवधिमा थप ३०२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार १७८ छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ६८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४९ करोड ६६ लाख ८१ हजार भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्