Logo
Logo

टेलिकमद्वारा बक्यौताा लाग्ने जरिवाना छुट घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो २०७४ असार मसान्तसम्मको बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ । यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको छ ।

आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने छ । पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको हो । छुटको अवसरलाई सदुपयोग गरी पुरानो बक्यौता भुक्तानी गर्नुहुन समेत सम्बन्धित सबैलाई सूचित गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्