Logo
Logo

अन्ततः काठमाडौं परिसर र अपराध महाशाखाले जग्गा पाए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ ।
वर्षाैको प्रयासपछि महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाले जग्गा पाएका छन् । परिसरका लागि भद्रकाली तथा अपराध महाशाखाका लागि टेकुमा जग्गा दिने निर्णय सरकारले गरेको छ ।


सूचनामन्त्री गोकुल बाँस्कोटाका अनुसार नेपाल खाद्य संस्थानको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका ११ स्थित कित्ता नं. २३९७ को क्षेत्रफल ६२–१–३–१ रोपनीबाट नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४ भदौ १९ गतेको निर्णयबाट प्रहरी परिसर काठमाण्डौंलाई उपलब्ध गराउने भनी निर्णय भएको ३२ रोपनी जग्गामध्ये हाललाई महानगरीय प्रहरी परिसर, काठमाडौंको नाममा १५ रोपनी जग्गा प्रतिआना रु. ५० लाखका दरले रु. १ अर्ब २० करोड रजिष्ट्रेशन पास गर्न लाग्ने रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने निर्णय गरिएको छ ।
त्यसैगरी साविक नेशनल ट्रेडिङ लिमिटेड हाल नेपाल आयल निगमको स्वामित्वमा रहेको काठमाण्डौं महानगरपालिकाको टेकुस्थित महानगरीय प्रहरी परिसर र अपराध महाशाखा, काठमाण्डौंको कार्य सञ्चालन भइरहेको भवन तथा सो वरिपरीको जग्गामध्ये ९ रोपनी जग्गा नेपाल प्रहरीको अपराध महाशाखा, काठमाण्डौंको नाममा रजिष्ट्रेशन पास गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्