Logo
Logo

प्रचण्डको स्वास्थ्य अवस्था सामान्य, भोली पिसिआर परीक्षण गर्ने



काठमाडौं । कोरोना भाइरस संक्रमित भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अध्यक्ष प्रचण्डलाई गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । डाक्टरको सल्लाह अनुसार प्रचण्ड अहिले होम आइसोलेसनमा नै बसिरहेका छन् ।

छोरी गंगा दाहालले आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै कोभिडका कुनै लक्षण नदेखिएको जानकारी गराएकी छन् ।

प्रचण्डको स्वास्थ्यय अवस्था सामान्य रहेको र कोरोनाको कुनै पनि लक्षण नदेखिएकोले डाक्टरको सल्लाह अनुसार भोली (शनिबार) पिसिआर परीक्षण गर्ने र नेगेटिभ आए नदेखिएसम्म आईसोलेसनमा बस्ने उनले जानकारी गराएकी छन् ।

सामाजिक सञ्जालमा पितासँगको फोटो पोस्ट गर्दै उनले भनेकी छन्, ‘डाक्टरको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमा बस्नु हुनेछ ।’

अध्यक्ष ‘प्रचण्ड’सहित पार्टीका ११ जना नेता कार्यकर्तालाई कोरोना संक्रमण भएपछि पार्टीको गतिविधि ठप्प भएको छ । अहिले माओवादीको केन्द्रीय कार्यालय सिल गरिएको छ ।

प्रचण्ड आठौँ महाधिवेशनमा पुनः अध्यक्षमा निर्वाचित भएपछि उनलाई बधाई दिन पुगेकाहरु अधिकांशमा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्