Logo
Logo

बेलायतमा नेपाली नर्सलाई रोजगारीबारे आजदेखि औपचारिक वार्ता



काठमाडौं । बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबार आज (शुक्रबार)देखि बेलायत र नेपालबीच औपचारिक वार्ता शुरु हुँदैछ ।

नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले आजदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेका हुन् ।

बेलाय सरकारले एक पत्र पठाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन बेलायत सरकारलाई प्रस्ताव गरेको थियो । त्यसैअनुसार बेलायतले नेपालस्थित दूताबासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको हो । नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्दैछन् ।

यो टोलीले द्विपक्षीय रुपमा गर्ने छलफलबाट नेपाली नर्सलाई बेलायतमा मिल्ने अवसर र भर्ति प्रक्रियाबारे सबै तय हुनेमन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेको भनाई छ ।

बेलायतसँग करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफल हुनेछ । वार्ता सफल भएमा बेलायतले नेपालबाट चरणवद्ध रुपमा नर्सहरु लैजाने छ ।

बेलायतले अनौपचारिक छलफलमा आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ताव गरेको थियो । बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली नर्सलाई आफ्नो ‘नेसनल हेल्थ प्रोग्राम’अन्तर्गत अवसर दिन चाहेको बताएको थियो ।

बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान चाहेको बताइएको छ । तर, नेपालबाट कति नर्स, कहिलेसम्म, कुन मापदण्ड, विधि, प्रक्रियाबाट लैजान चाहेको हो स्पष्ट भने छैन ।

प्रतिक्रिया दिनुहोस्