Logo
Logo

आर्थिक संकट समाधान गर्न प्रधानमन्त्री जिम्मेवार देखिएनन् : लोहनी



काठमाडौं । पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको बताएका छन् ।

उनले शुक्रबार विहान सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँगको मात्रै को कुरो नभएको बताएका हुन् ।

‘नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ। अब यो अर्थमन्त्रीसँग मात्रै को कुरो भएन। देउवा सरकारको जिम्मेवारीको प्रश्न हो । प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखिएन’, सामाजिक सञ्जालमा लेखेका छन् ।

बिस्तारै ओरालो लागेको अर्थतन्त्र समयमै सुधार गर्न नसके भीरको डिल मा पुग्न धेरै समय नलाग्ने पूर्व अर्थमन्त्री लोहनीले बताएका छन् ।

‘अर्थतन्त्रमा संकट तथ्यांक मा मात्र सिमित रहँदैन। एक तह पुगे पछि तथ्याङ्कभन्दा मानिसको भावनाले प्राथमिकता लिनेछ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्