Logo
Logo

व्यक्तिगत सम्पत्ति विवरण बुझाउन एमालेको निर्देशन



काठमाडौं । नेकपा एमाले को केन्द्रीय अनुशासन आयोगले आफ्नो पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेश सभा सदस्य, पालिकाका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

आयोगका अध्यक्ष केशव बडालले अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ अनुसार सम्पत्ति विवरण बुझाउन भनिएको छ ।

पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई यही पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष सम्पत्ति विवरण पेस गर्न निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्