Logo
Logo

सिरियाको राजनीतिक समाधानबारे ब्लिन्केन र जोर्डन समकक्षीबीच छलफल



वाशिंगटन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग आज वाशिंगटनमा भेट गरेका छन् ।

सो अवसरमा उनीहरुले सिरिया र प्यालेस्टाइन दुवैको राजनीतिक समस्या समाधानबारे छलफल गरेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विज्ञप्तिमार्फत् जनाएका छन् ।

‘विदेशमन्त्री ब्लिन्केनले सिरियामा राजनीतिक समाधान र इजरायल/प्यालेस्टाइन द्वन्द्वको द्वीपक्षीय समाधानको समर्थनमार्फत यस क्षेत्रमा स्थायित्वका लागि अमेरिकी प्रतिबद्धतालाई पुनः पुष्टि गरे । ‘प्राइसले बिहीबार उल्लेख गरेका छन् । कूटनीतिज्ञहरूले जोर्डनको आर्थिक बृद्धि र अवसरलाई विस्तार गर्ने, पानीमा पहुँच सुरक्षित गर्ने सुधारहरू गर्ने आवश्यकताबारे पनि छलफल गरेको जनाइएको छ ।

मङ्गलबार जोर्डनका प्रधानमन्त्री बिशेर अल खसावनेहले अम्मोन न्यूजसँगको अन्तर्वार्तामा आफ्नो देशले सिरियाली सरकारसँग मेलमिलापका लागि छलफल गर्न गोप्य च्यानलहरू खोलेको अस्वीकार गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्