Logo
Logo

नुवाकोटका चिकित्सक मृत अवस्थामा फेला


8.1k
Shares

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा एक चिकित्सक मृत अवस्थामा फेला परेका छन् । नुवाकोट घर भएका २६ वर्षीय डाक्टर शशांक पाण्डे मृत अवस्थामा भेटिएका छन् । गएराति १२ बजेतिर त्रिशुली बजारबाट बट्टार जाँदै गरेका पाण्डे चढेको मोटरसाइकल दुर्घटना परेको थियो ।

नुवाकोटका एसपी रामप्रकाश शाहका अनुसार उनी सञ्जीवनी पोलिक्लिनकमा कार्यरत थिए । शुक्रवार बिहान दुर्घटना भएको खबर पाएपछि उनलाई प्रहरीले त्रिशुली अस्पतालमा लगिएको थियो । उनको दुर्घटनाबारे र अनुसन्धान भइरहेको एसपी शाहले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000