Logo
Logo

समाजवादी प्रेस संगठन काभ्रेको अध्यक्षमा सन्तोष चौलागाई



काठमाडौं । समाजवादी प्रेस संगठन काभ्रेको अध्यक्षमा सन्तोष चौलागाई चयन गरिएको छ । बिहीबार चौलागाईको अध्यक्षतामा २१ सदस्य जिल्ला कमिटी घोषणा गरीएको हो ।

सो समितिको उपाध्यक्षमा ज्ञान तामाङ, सचिवमा अमित न्यौपाने सहसचिवमा निमेश सापकोटा र कोषाध्यक्षमा कमल कुईकेलmाई जिम्मेवारी दिएको छ ।

समितिका सदश्य हरुमा क्षितिज सहयात्री, निश्चल दाहाल, सुस्मिता न्यौपाने, पुष्पा राई कोयु ,विनय घोरसाईने, देव तामाङ, निलप्रसाद ढकाल, दिनेश खरेल, सरल विक, भरोसा हुमागाई, पुजा बजगाई, दिपेश श्रेष्ठ, बालकृष्ण नापित, बिनिता बिक बुध्दिमान बिक, बिन्दा बिक र उशालामा चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादी का उप माहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा भएको भेलामा समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठ, अनुशासन आयोगका शिववहादुर देउजा र संगठनका उपाध्यक्ष विश्वमणि सुवेदीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्