Logo
Logo

स्वास्थ्य मापदण्ड पालना गरेर माघेसंक्रान्ति पर्व मनाउन उपराष्ट्रपतिको आह्वान


819
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकभर कोरोनाको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर माघेसंक्रन्ति पर्व मनाउन आह्वान गरेका छन् ।

माघे संक्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोरोना भाइरस (कोभिड–१९)को अर्को लहर तीव्र रुपमा फैलिरहेकाले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले लिएको निर्णयको पालना गर्न सबै नागरिकलाई आग्रह गरे ।

माघेसंक्रान्ति पर्वले कोरोना भाइरसको तेस्रो लहरलाई नियन्त्रण गर्न सबै नेपालीलाई एकताबद्ध हुन ऊर्जा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास छ । उनले मुलुकको दिगो विकास, स्थायी शान्ति, संविधानको संरक्षण र पूर्ण पालन, राजनीतिक स्थायित्व तथा मुलुकको समृद्धिका लागि जिम्मेवार हुन माघेसंक्रान्तिले सबै नेपालीलाई प्रेरणा देओस् भनी कामना गरेका छन्

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर मगर, थारु र छन्त्याललगायत अन्य समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रुपमा मनाउने माघेसंक्रान्ति पर्व मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्