Logo
Logo

यस्तो छ आजको मौसम


756
Shares

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश नम्बर १ र मधेश प्रदेशसहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।

आज दिउँसोको मौसम आंशिक मात्रै बद्ली भए पनि राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वनुमान महाशाखाका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । काठमाण्डौमा भने आज हिजो जस्तै घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

महाशाखाका अनुसार काठमाडौंसहित देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ । अहिलेको हुस्सु, कुहिरो बिस्तारै हट्दै जाने र दिउँसो घाम लाग्ने मौसमविद्को भनाइ छ ।

तराईका जिल्लामा भने बाक्लो हुस्सु, कुहिरोका कारण अधिकतम तापक्रम घट्न थालेको छ । यसले चिसो बढ्दा त्यहाँको जनजीवन प्रभावित भएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000