Logo
Logo

एमाले नवफासिवादी तत्व : बाबुराम भट्टराई


3.3k
Shares

काठमाडौं । जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई नवफासिवादी तत्व भएको टीप्पणी गरेका छन् ।

नेता भट्टराईले बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व भएको बताएका छन् ।

‘विना कारण ६ महिनादेखि संसद्‌ अवरूद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्’ भट्टराईले ट्‍वीट गरेका छन्, ‘नबिर्सौं हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्