Logo
Logo

विश्वभर कुल संक्रमित ३४ करोड ९७ लाख नाघ्यो



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा २७ लाख ९५ हजार ७४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड ९७ लाख नाघेको तथ्यांक छ ।

यो अवधिमा १३ लाख ४७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ६ हजार ३५० जनाको मृत्यु भएको छ । पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिक संक्रमितको संख्यासमेत उच्च हुन थालेको छ । पछिल्लो समय भारतमा पनि दैनिक संक्रमित हुनेको संख्या उच्च छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार भन्दाबढी, फ्रान्समा ३ लाख ८९ हजार, इटलीमा १ लाख ७१ हजार, बेलायतमा ९७ हजार संक्रमित थपिएका छन् । यस्तै भारतमा ३ लाख ८ हजारभन्दा बढी संक्रमित थपिँदा ५११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्