Logo
Logo

डिआईजी र डिएसपीको कमजोर कमाण्डले प्रहरीको बदनाम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ जेठ ।
आइतबार राती विप्लव समूहले सोलुखुम्बुको प्रहरी चौकी आक्रमण गर्न खोजेको घटनाले हंगामा भयो । प्रहरी चौकी नै खाली गराएपछि त्यसले चर्चा पाउने नै भयो । यसले सर्वसाधरणमा थप त्रास बढाउनुकै साथै प्रहरीको समेत आलोचना भइरहेको छ ।


खासमा सो समूहले प्रहरी चौकी आक्रमणको योजना नै बनाएको थिएन । केही सिनियर प्रहरीको कमजोरीले अनाबश्यक हल्ला भएको खुलेको छ ।

स्रोतका अनुसार केही अपरिचित व्यक्तिहरु गाउँमा देखिएका थिए । उनीहरु विप्लवका कार्यकर्ता भएको आशंका गरियो । नजिकै प्रहरी चौकी भएकाले त्यहाँ आक्रमण गर्न आँटेको हल्ला फैलियो । त्यही आधारमा राती नै प्रहरीहरुले चौकी छाडे । सोलुखुम्बुका डिएसपी शालिकराम शर्मा नजिकैको गाउँमा पुगेका थिए । उनी तर्सिए । तत्कालै प्रदेश १ का डिआईजी केदार रिजाललाई खबर गरे । रिजालले विस्तृत बुझ्दै नबुझी सोमबार थप मद्दत पठाउनुपर्ने बताए । सोही अनुसार हेलिकोप्टरबाट थप मद्दत पठाइयो । त्यसपछि विप्लवले आक्रमण गर्न खोजेको घटना झन् भाइरल भयो ।

अनुसन्धानका क्रममा त्यहाँ केही विप्लवका कार्यकर्ता भएपनि त्यो दिन आक्रमण गर्ने कुनै स्थिती देखिएन । डिआईजी र डिएसपीको कमजोर कमाण्डका कारण अनाबश्यक हल्ला भएको चर्चा सोमबारको केन्द्रीय सुरक्षा समितिको बैठकमा भएको छ । केहीले त उनीहरुलाई कारबाहीको समेत माग गरेका छन् । विप्लव समूहले समेत प्रहरी चौकी आक्रमणको कुनै योजना नभएको प्रष्ट पारेको छ ।

प्रदेशबाट सरुवा हुन लागेका डिआईजी रिजालको ध्यान पछिल्लो समय शान्ति सुरक्षा भन्दा असुलीमा रहेको प्रदेशका प्रहरीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्