Logo
Logo

काठमाडौं परिसरको मुद्दामा एक महिनामा तीन डिएसपी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ जेठ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामा एक महिनामा तीन डिएसपी फेरिएका छन् । एक वर्ष अवधि पुगेपछि डिएसपी मोहन थापाको सरुवा भएपछि सन्तोष तामाङलाई मुद्दा हेर्ने जिम्मेवारी दिइएको थियो ।


काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीसँग सल्लाह नै नगरी तामाङको सरुवा भएको थियो । तामाङलाई एसएसपी सुवेदीले रुचाएका थिएनन् । त्यसकारण उनको ललितपुर परिसरमा सरुवा भएको छ । बुधबारदेखि डिएसपी कृष्ण चन्दलाई परिसरको मुद्दा शाखा हेर्ने जिम्मेवारी दिइएको छ ।
उता अपराध महाशाखामा फेरि तीन एसपी रहने भएका छन् । हालै शान्ति मिसनबाट फर्किएका डिएसपी ओम अधिकारीलाई महाशाखामा खटाइएको छ । महाशाखामा एसपीहरु केदार ढकाल र सुशीलसिंह राठौर पनि छन् ।

प्रतिक्रिया दिनुहोस्