Logo
Logo

निर्वाचन लक्षित योजना बनाउन सुरक्षा निकायलाई निर्देशन



काठमाडौं । आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने लगभग निश्चित भएसँगै सरोकार राख्ने निकायको सक्रियता बढेको छ ।

बुधबार केन्द्रीय सुरक्षा समितिको बैठकले बस्यो । बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकायलाई चुनावी सुरक्षा योजना बनाएर पेश गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा सुरक्षा अवस्थाको विश्लेषण गरिएको थियो ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका प्रतिनिधिसँग स्थानीय तह निर्वाचबारे छलफल गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका प्रतिनिधि २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा आधारभूत सहमति भएको छ । यरकारे छिट्टै निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्