Logo
Logo

राजवंशीको अध्यक्षतामा प्रवासी नेपाली एकता मंच दोहा नगर कमिटी गठन



काठमाडौं । प्रवासी नेपाली एकता मंच कतारले दोहा नगर कमिटी गठन गरेको छ । मंचले आज एक कार्यक्रम गरि झापाका बुद्धि चन्द राजवंशीको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरेको हो ।

उपाध्यक्षमा कास्कीका अब्दुल सामद मियाँ र कपिलवस्तुका एसान्नुल्लाहा मुसलमान चयन भएका छन् । सचिवमा कपिलवस्तुका अब्दुल मोकिम चयन भएका छन् भने उप-सचिवमा झापाका जनम बर्देवा चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा मोरङका केबल बि.क चयन भएका छन् ।

सदस्यमा मोरङका राजकुमार चन्द, धादिङका नबराज श्रेष्ठ, गुल्मीका कृष्णदिप कुमाल, कपिलवस्तुका महिबुल्ला मुसलमान, नवलपरासीका भिम क्षेत्री, मकवनपुरका अनिल गौतम र रुपन्देहीका अख्तर हुसेन रहेका छन् ।

मंचका अध्यक्ष राम हरि गैरेको प्रमुख आतिथ्य र संयोजक गणेश ढकालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा मंचका महासचिव थम गिरी र उपाध्यक्ष याशिन मामालगायत उपस्थित रहेका थिए ।

कार्यक्रमको सहजिकरण सचिवालय सदस्य तोयानाथ पौडेलले गरेका थिए भने सल्लाहकार परिषदका अध्यक्ष नरेश श्रेस्ठले शुभकामना तथा बधाइ मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्